राष्ट्रपति निर्वाचनमा कूटनीतिक छाया !

काठमाडौँ । दलरुबीच राष्ट्रपति कसलाई बनाउने भन्ने छिनोफानो शनिबारको उम्मेदवारी दर्तासँगै टुङ्गिएको छ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराए । दलहरु बिचको लामो छिनाझम्टीपछि नेपाली कांग्रेस र माओवादीसहितका

सम्बन्धित सामग्री

सदनलाई सरकारको जवाफ : एसपिपीबारे अमेरिकालाई पठाएको पत्र देखाउन मिल्दैन

काठमाडौँ । सरकारले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी)मा संलग्न नहुने भनेर अमेरिकालाई गरेको पत्राचार सार्वजनिक गर्न नमिल्ने जिकिर गरेको छ ।  संघीय सांसद र संसदीय समितिले एसपिपीमा संलग्न नहुने पत्राचारको छाया–प्रति सार्वजनिक गर्न माग गरिरहेका वेला परराष्ट्र मन्त्रालयले कूटनीतिक पत्राचार संवेदनशील विषय भएकाले सार्वजनिक गर्न नमिल्ने जवाफ दिएको हो ।  केही दिनअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपी […]

नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि आक्रमण

रामप्रकाश पुरी ।। जीन्युजको तुच्छता : साम्राज्यवादी जुठ्यानको फोहर जीन्युजको तुच्छ क्रियाकलापले नेपालको सार्वभौमिकताको सम्मानमा चोट लागेको कुरा स्पष्ट छ । त्यो एक प्रकारले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथिको आक्रमण पनि हो । ब्रिटिस साम्राज्यवादको विश्वव्यापी दबदबा चलिरहेका बेला उपनिवेश कालको उत्कर्षता थियो । त्यस बेला भारतका सयौँ राज्य त्यो औपनिवेशिकताको दासत्वमा विलीन भएका बेला नेपाल नै एउटा त्यस्तो मुलुक थियो, जसले आफूलाई ठाडो शिर बनाएर विश्वसामु सार्वभौम र स्वतन्त्र मुलुकको रूपमा उभ्याउन सफल भएको थियो । त्यो सफलता साम्राज्यवादको कुनै सदासयताबाट नभई देशभक्तिपूर्ण भावना, सङ्घर्ष र कूटनीतिक चातुर्यताबाट प्राप्त भएको थियो । जनतामा भएको देशभक्ति भावनाको विजयका कारणले शासकवर्ग पनि साम्राज्यवादका विरुद्ध खडा हुने हैसियत राख्दथे । त्यो नेपालको स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताका लागि स्वर्णीम इतिहास थियो । पछिल्लो समय अर्थात् केही सुगौली सन्धिपछि र केही राणाकालबाट कमजोर बन्दै गएको नेपालको राष्ट्रियता भारतभूमि स्वतन्त्र बनेपछि पैदा भएको भारतीय नयाँ शासकवर्गको मिचाइमा पर्दै आएको छ । उनीहरूमा देखिएको ब्रिटिस साम्राज्यवादी जुठ्यान भारतमा रहेका राज्यका लागि मात्र समस्याको रूपमा रहेको छैन । उक्त जुठ्यानमा हुर्किएको भारतीय साम्राज्यवादी विषवृक्षको छाया स्वतन्त्र र सार्वभौमिक मुलुकमा पनि पर्दै आएको छ । भारतीय शासक प्रवृत्तिका विरुद्ध नेपाली जनताले त्यत्तिकै विरोध गर्नुपरेको हैन । उनीहरूको मिचाह, हेपाह र साम्राज्यवादी क्रियाकलापका कारणले नेपाली जनताले भारतीय शासकवर्गको विरोध गर्नुपरेको हो । तर जनताको तर्फबाट त्यस प्रकारले भारतीय साम्राज्यवादका विरुद्ध आवाज प्रखर हुँदै आएको भए पनि नेपाली शासकवर्गमा भने सामन्तवाद र साम्राज्यवादपरस्त चरित्र कायम रहँदै आएको छ । त्यसको परिणाम यो भएको छ कि जनता र शासकवर्गबिचमा नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताप्रतिको बुझाइमा फरक रहेको छ । पुर्खाले निर्माण गरेको गरिमामय विरासतलाई सम्झौताहीन प्रकारले अगाडि बढाउनुपर्छ भन्ने जनताको बुझाइ छ भने स्वार्थलाई केन्द्रमा राखेर साम्राज्यवादी चलखेललाई स्वीकार गर्ने, विभिन्न सन्धिसम्झौता गर्ने, मुलुकलाई उपनिवेश बनाउन खोज्ने शक्तिलाई विभिन्न सुविधा उपलब्ध गराउने आदि कैयन् सम्झौतासहित सत्ता र कुर्सीका लागि राष्ट्रघातसमेत गर्ने चरित्र नेपाली शासकवर्गमा रहँदै आएको छ ...