मकवानपुर – वाग्मती प्रदेश सभाको बैठक आउँदाे असार १७ गते बस्ने भएको छ । बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको वाग्मती प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस बैठकमा गएकाे असार १ गते प्रदेश सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्ष २०७८/०७९ बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
असार १७ गते बस्ने बैठकको तयारीका लागि भोलि असार १६ गते बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनु...