काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा रहेको परीक्षा सेन्टरमा विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन् । बानेश्वरको चक्रवर्ती हबि कलेल र काठमाडौ स्कूल अफ ल नयाँ ठिमीका बिए एलएलबीका परीक्षार्थीहरुले कोभिड सुरक्षा मापदण्ड पालना नभएको भन्दै परीक्षा बहिष्कार गरेका हुन् । विद्यार्थीहरुले कोभिड संक्रमण बढ्दै गएकोले अनलाइन विधिबाट लिनुपर्ने माग गर्दै विरोध गरेका हुन् । १ सय ४६ जना विद्यार्थीमा बीस पच्चिस जना विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका थिए । बाँकी विद्यार्थीहले क्