सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।
यस अघि किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो । पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण भएकोले किसानले पाउने दूधको मूल्यमा करिब ६ रुपैयाँ ८८ पैसाले बृद्धि भएको एक वरिष्ठ पशु विज्ञले लोकान्तरलाई बताएक...