दूधको मूल्य बढ्यो

दूधको मूल्य बढेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रूपैयाँ ५२ पैसा बढाएको हो । अब प्रतिलिटर दूध ५६ रूपैयाँ ०४ पैसा कायम भएको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रूपैयाँ ५२ पैसा थियो ।कच्चा दूधको मूल्य बढेसंगै उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले बढाउने छ।किसानले दूध […]

सम्बन्धित सामग्री

म्याग्दीमा दूधको मूल्य बढ्यो

म्याग्दीमा १ असारदेखि लागू हुने गरी दूधको मूल्य बढेको छ । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर ११० रुपैयाँ र व्यापारीले अधिकतम १३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ ।यसअघि कृषकले दूधको मूल्य ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई १२० मा बिक्री गर्ने गरेका थिए । […]

म्याग्दीमा दूधको मूल्य बढ्यो

म्याग्दी । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ। दुई वर्ष यता दूधको मूल्य समायोजन नहुँदा कृषक मारमा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुशी भएका हुन्। मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर १ सय १० रुपैयाँ र ब्यापारीले अधिकतम १ सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य […]

रुस-युक्रेन युद्धले विश्वबजारमा दूधको मूल्य बढ्यो

एजेन्सी, ६ चैत्र । रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा दूध र दुग्धजन्य पद्धार्थको मूल्य बढेको छ । इन्धनको मूल्य बढ्दा दूधको मूल्यमा असर परेको हो । दुधको पाउडरको मूल्य वृद्धि भएको छ । यसै महिना दुगको पाउडको मूल्य आठ वर्षयताकै महङ्गो भएको छ । निर्जल दुधको फ्याटको मूल्यले यसै महिना किर्तिमान कायम गरिसकेको छ । […]

दूधको मूल्य बढ्यो

सरकारले किसानबाट खरीद गरिने दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको न्यूनतम समर्थन मूल्य प्रतिलिटर ५६.०४ पैसा कायम गरेको हो। यसअघि किसानबाट खरिद गर्ने कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ पैसा थियो। सरकारले १३.१७ प्रतिशतले अर्थात् प्रतिलिटर ६.५२ रुपैयाँ मूल्य बढाएको हो। दूधको मूल्य फ्याट र एसएनएफका आधारमा गरिएको कृषि मन्त्रालयले जनाएको छ। हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ।  फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ। यो मूल्य सहकारीको कमिसनबाहेक हो।यो किसानबाट खरीद गरिने दुधको मूल्य हो ।  उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले तय गर्ने छ। यसअघि कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ र त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ मन्त्रालयलाई सिफारिस गरेको थियो।

कच्चा दूधको मूल्य बढ्यो, अब किसानले प्रतिलिटर ५६ रुपैयाँ पाउने

सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । यस अघि किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो । पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण भएकोले किसानले पाउने दूधको मूल्यमा करिब ६ रुपैयाँ ८८ पैसाले बृद्धि भएको एक वरिष्ठ पशु विज्ञले लोकान्तरलाई बताएक...

दूधको मूल्य बढ्यो

दुग्ध व्यवसायीले अर्घाखाँचीमा दूधको मूल्य बढाएका छन्। दुग्ध व्यवसायीले बुधबारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रतिलिटर १० रूपैयाँका दरले वृद्धि गरेका छन्।