एजेन्सी। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले भारत, दक्षिण अमेरिका र अन्य केही देशका मानिसहरु श्वास फेर्नका लागि हाम्रै अगाडि संघर्ष गरिरहेको बताएका छन्। उनले भने, ‘‘मानिसहरु हाम्रै आँखाअघिल्तिर श्वास फेर्नका निम्ति वास्तवमै संघर्ष गरिरहेका छन्।’’विश्व महामारी अब सबैसामु स्वरुप बदल्दै आउन थालेको उनले बताए। आफूले महामारीबारे पहिला नै चेतावनी दिएको उनको भनाइ थियो।