काठमाण्डाै – मोरङमा बर्ड फ्लू देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सरकारले आफ्नो वा नजिकका पन्छी फार्ममा पालिएका कुखुरा, हाँसलगायत बिरामी परेको वा मरेको पाइएमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ ।
आफूले पालेका पन्छी अस्वभाविक रुपमा बिरामी परेको र मरेको वा नजिकमा त्यस्तो पाइएमा तत्काल पशु सेवा कार्यालय वा पालिकामा खबर गर्न पशु सेवा विभागले आग्रह गरेको हो । पछिल्लो समय बर्ड फ्लूको सङक्रमण देखिन थालेको भन्दै विभागले बेलैमा रोगको पहिचान गरी नियन्त्रण गर्न आवश्यक सहयोग गर्न किसान तथा उद्योगी/व्यवसायीलाई...