आइफोनविरुद्ध ट्रेडमार्क चोरीको आरोप

एप्पलले हालै सार्वजनिक गरी नोभेम्बरमा बजारमा ल्याउने तयारी गरिरहेको आइफोन एक्समा रहने एउटा महत्वपूर्ण फिचर विरुद्धमा ट्रेडमार्क चोरीको मुद्दा परेको छ । एक जापानी सफ्टवेयर कम्पनीले आइफोन एक्समा एप्पलले राख्ने भनेकोबल बलष्ःयवष् नामक फिचरको ट्रेडमार्क आफ्नो रहेको भन्दै एप्पलले उक्त नामको ट्रेडमार्क चोरी गर्न लागेको भन्दै अमेरिकी अदालतमा मुद्धा दायर गरेको छ ।

सम्बन्धित सामग्री

एउटै ट्रेडमार्कमा दुई उद्योगको तानातान

वीरगञ्ज। एउटै ट्रेडमार्कमा दुईओटा उद्योगले दाबी गरेका छन् । पोखराको सुजल फुड्स प्रालिले वीरगञ्जको स्वीट मार्ट फुड प्रालिविरुद्ध उद्योग विभागमा आफ्नो ट्रेडमार्क दुरुपयोग गरेको भन्दै उजुरी हालेको हो ।  स्वीट मार्टले आफ्नो ट्रेडमार्क दुरुपयोग गरेर आर्थिक नोक्सानी पुर्‍याएको भन्दै सुजलले करोडौं रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । यता स्वीट मार्टका सञ्चालक शंकरलाल मित्तलले सुजलले दाबी गरेको ट्रेडमार्क आफ्नो भएको बताएका छन् । उनले उद्योग विभागमा उक्त ट्रेडमार्क दर्ता गराएको पनि बताए ।  पोखराको सुजल फुड्स प्रलिले आफ्नो ट्रेडमार्क इकलेयर्स र बबल फन चुइङगम स्वीट मार्टले नक्कल गरेको भन्दै विभागमा उजुरी हालेको थियो । उद्योग विभागले स्वीट मार्ट फुड प्रालिलाई ७ दिनको समय दिएर स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।  विभागले यही फागुन २१ गते स्वीट मार्टलाई पत्र काटेर उपस्थित हुन भनेको हो । सुजलले ४ करोड ७७ लाख ८७ हजार ८४० रुपैयाँ क्षतिपूर्ति भराई दिन विभागलाई आग्रह गरेको छ ।  सुजल फुडका सञ्चालकले स्वीट मार्टले ट्रेडमार्क नक्कल गरी उत्पादन गरेको आरोप लगाउँदै त्यस्तो चकलेट र चुइङगमको विक्रीवितरणमा रोक लगाउन माग गरेको छ । उद्योगी मित्तलले कसैको ट्रेडमार्क नक्कल नगरेको र उक्त ट्रेडमार्क आफ्नो उद्योगको नाममा दर्ता रहेको बताए । आफ्नो उद्योगले बबल बुम ब्रान्डमा चुइङगम उत्पादन गरेको उनको भनाइ छ ।  यसअघि नै विभागमा विचाराधीन रहेको विवादमा पुन: उजुरी गरेर आफूलाई बदनाम गर्न खोजिएको मित्तलको भनाइ छ । उक्त चकलेट र चुइङगमको ट्रेडमार्क दुरुपयोगसम्बन्धी विवाद उद्योग विभागमा विचाराधीन रहेको उनले बताए । इकलेयर्स चकलेटको जेनेरिक नाम भएकाले कसैले दाबी गर्न नमिल्ने स्वीट मार्टले यसअघि पठाएको प्रतिउत्तरमा उल्लेख छ ।

३१ कम्पनीलाई ट्रेडमार्क नक्कल गरेको आरोप, सफाइ पेस गर्न ७ दिनको म्याद

२२ जेठ, काठमाडौं । उद्योग विभागले ट्रेडमार्क नक्कल गरेको आरोपमा सफाइ पेश गर्न ३१ कम्पनीलाई सात दिने सूचना जारी गरेको छ । विदेशी कम्पनीहरुसँग मिल्दो ट्रेडमार्क वा लोगो बनाएर व्यवसाय गरिरहेकाहरुविरुद्ध परेको उजुरीका आधारमा उद्योग विभागले स्पष्टीकरण सोधेको हो । अमेरिका, भारत, थाइल्याण्ड, पोल्याण्ड, फ्रान्स, जर्मनी, इटलीलगायतका कम्पनीहरुले नेपाली कम्पनीविरुद्ध ट्रेडमार्कसम्बन्धी उजुरी गरेका छन् । […]

सामूहिक चिह्नको व्यवस्थापन कसरी गर्ने ?

सामूहिक चिह्नको पहिचान गरेर र महत्त्व बोध गरेर मात्र काम बन्दैन । तिनलाई कसरी प्रयोगमा ल्याउने, उचित व्यवस्थापन गर्ने र अपेक्षित लाभ प्राप्त गर्ने भन्नेमा चुनौती छ । सामूहिक चिह्नको कुशल व्यवस्थापन गर्न नेपालजस्तो सीमित स्रोतसाधन भएको तथा दक्ष जनशक्तिको कमी भएको मुलुकमा त्यति सरल छैन । तर, मूलभूत रूपमा भौगोलिक क्षेत्रको सीमांकन, नियामक संगठनको निर्माण, उत्पादित वस्तुको मापदण्ड निर्धारण, सरकारी नियमन, चिह्नको कानूनी संरक्षण तथा प्रतिरक्षा, सामूहिक चिह्न सञ्चालन निर्देशिकाजस्ता पक्ष सम्बोधन गरेमा असम्भव पनि छैन । अन्य कुरा ट्रेडमार्कको व्यवस्थापन जस्तै भएकाले हाम्रो छलफल यिनै बुँदामा केन्द्रित गरिन्छ ।   सरकारी नियमन सम्बन्धमा नेपालमा बौद्धिक सम्पत्तिअन्तर्गतको औद्योगिक सम्पत्तिको नियमन गर्ने निकाय उद्योग विभाग भएकाले सामूहिक चिह्नको नियमन गर्ने निकाय पनि सोही विभाग नै हो । भौगोलिक क्षेत्रको सीमांकन गर्ने सम्बन्धमा वस्तुको प्रकृति हेरी व्यवसायीहरूले बेलामौकामा भेटघाट तथा अन्तरक्रिया गर्न अनुकूल पर्ने गरी कुनै व्यवसायमा प्रयोग गरिने सामूहिक चिह्नको आयतन जिल्ला, इलाका, गाउँनगर वा टोलभित्र सीमित गर्न सकिन्छ । यसलाई अग्रिम रूपमा नियामक संगठनको सामूहिक चिह्न सञ्चालन निर्देशिकामा स्पष्ट खुलाउनुपर्छ । खासगरी भौगोलिक संकेतका रूपमा प्रयोग हुने सामूहिक चिह्नको सन्दर्भमा यस्तो सीमांकन गर्दा समान प्रकारको जलवायु वा माटो वा जातीय समुदायको समेत मेल खाने गरी गर्नुपर्छ । अन्य प्रकारका सामूहिक चिह्नको लागि भने यो गौण विषय हो । नियामक संगठन भनेको सामूहिक चिह्न सञ्चालन र नियन्त्रण गर्ने संगठन हो । उद्योग वा व्यापारिक संस्थाले ससाना उस्तै कारोबार गर्ने धेरै व्यवसायीले प्रयोग गर्ने सामूहिक चिह्नको उचित व्यवस्थापन र नियन्त्रणका लागि कुनै नियामक संगठन वा संस्था हुन अनिवार्य हुन्छ । खास भौगोलिक क्षेत्रभित्रका खास किसिमको वस्तु उत्पादन गर्ने व्यवसायीहरूको सहयोग र सहभागितामा एउटा स्वतन्त्र र स्वायत्त निकायका रूपमा स्थापित संगठन, कुनै सहकारी वा स्थनीय निकायका एजेन्सी, सम्बद्ध व्यावसायिक वा वस्तुगत संगठन, वा मुनाफारहित संस्थामध्ये कुनै पनि संस्था नियामक हुन सक्छन् । मूलत: नियामक संस्था मुनाफारहित संगठन हुँदा राम्रो हुन्छ । व्यवसायीहरूको विवरण राख्न र सदस्यता दिन, वस्तु उत्पादनका विभिन्न मापदण्ड निर्धारण गर्न, संरक्षणका लागि आफ्नो मुलुकमा र वस्तु निर्यात हुने मुलुकहरूमा पनि दर्ता र संरक्षणका लागि पहल गर्नु यो संस्थाको काम हो । सामूहिक चिह्न डिजाइन गर्न, चिह्न प्रवर्द्धन गर्न, न्यूनतम निर्वाह शुल्क लिई सञ्चालन गर्न तथा व्यवसायीहरूलाई निर्धारित शर्त पालना गराउन र तिनलाई सामूहिक चिह्न प्रयोग गर्ने अनुमति जारी गर्न, नियम बनाई आचारसंहिता लागू गर्न र त्यसको पालना गराउन, व्यवसायी सदस्यहरूको सुपरिवेक्षण गर्न, उनीहरूबाट मापदण्ड, शर्त वा आचारसंहिता पालना नभएमा आवश्यक परे सदस्यबाट वञ्चित गराउन र अन्य कारबाही गनु र राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा सम्बद्ध वस्तुहरूको बजार प्रवर्द्धन गर्न र चिह्नको अनुगमन, निगरानी एवं पैरवीको लागि पहल गर्नु आदि यसका कार्य हुन् । सामूहिक चिह्न सञ्चालन गर्ने नियामक संस्था उपर्युक्त दायित्व वहन गर्न सक्षम र व्यवसायीसँग व्यापारमा आफैले प्रतिस्पर्धा नगर्ने संस्था हुनुपर्छ । सामूहिक चिह्न व्यवसायीहरू माझ प्रयोगमा ल्याउँदा उत्पादित वस्तुको मात्र होइन, उत्पादन विधिसमेतको मापदण्ड पहिले नै निर्धारण गरी सामूहिक चिह्न सञ्चालन निर्देशिकामा समावेश गर्नुपर्छ । मापदण्ड प्रविधिक र अप्राविधिक दुवै हुन सक्छन् । यिनमा प्रविधिक मापदण्ड बढी महत्त्वपूर्ण हुन्छन् । यसअन्तर्गत कच्चा पदार्थको स्रोत, स्वरूप, स्तर र संरचना, मेशिनरी सामानको स्तर र क्षमता, वस्तु उत्पादन प्रक्रिया, सामानको डिजाइन, उत्पादित वस्तुको गुणस्तर, उत्पादन र उपभोग मिति, उपभोक्ताले अपनाउनुपर्ने सावधानी, लेबल डिजाइन र प्रयोगजस्ता विभिन्न कुरा आउँछन् । अप्राविधिकमा वस्तु उत्पादन गर्दा, चिह्न प्र्रयोग गर्दा र विक्रीवितरण गर्दा पालना गर्नुपर्ने अन्य विषय समेटिन्छन् । त्यस्तै, समूहका सदस्यको भौगोलिक सामाजिक अवस्था, श्रमिक कल्याण र किसानको हितसँग सम्बद्ध विभिन्न विषय पनि यसभित्र आउन सक्छन् । जे भए तापनि यसरी निर्धारित मापदण्ड सबै सदस्यका लागि समान किसिमले लागू हुनुपर्छ । मापदण्ड पूरा नगर्नेहरू चिह्न प्रयोग गर्नबाट वञ्चित पनि हुन सक्छन् । मापदण्ड पूरा भएको चिह्नमात्र प्रयोग गर्न पाउने व्यवस्थाले गुणस्तरीय वस्तु उत्पादन हुने र उपभोक्ताले पनि ढुक्क भएर सामूहिक चिह्न प्रयोग भएको वस्तु उपभोग गर्ने प्रवृत्ति बढ्छ । सरकारी नियमन सम्बन्धमा नेपालमा बौद्धिक सम्पत्तिअन्तर्गतको औद्यिगिक सम्पत्तिको नियमन गर्ने निकाय उद्योग विभाग भएकाले सामूहिक चिह्नको नियमन गर्ने निकाय पनि सोही विभाग नै हो । हाललाई सामूहिक चिह्नको दर्ता गर्ने कानूनी आधार पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ बाहेक अरू छैन । यो ऐनले सामूहिक चिह्न दर्ताका लागि छुट्टै व्यवस्था नगरे पनि नयाँ औद्योगिक सम्पत्ति संरक्षण ऐन कार्यान्वयनमा नआउँदासम्म व्यापार चिह्नका रूपमा दर्ता गर्ने हालको प्रचलनलाई निरन्तरता नै दिई संरक्षण प्रदान गर्नुपर्छ तर दर्ता रजिस्टर भने छुट्टै बनाउनुपर्छ । नयाँ ऐन कार्यान्यनमा आएपछि सामूहिक चिह्न दर्ता बढी व्यावहारिक हुनेछ । अहिले कतिपय सामूहिक चिह्नहरू उद्योग विभागमा व्यापार चिह्नको रूपमा दर्ता भइसकेका पनि छन् । विभागले सामूहिक चिह्न दर्ता गर्दा नियामक संस्थाको नाममा दर्ता गर्नुपर्छ र यसरी दर्ता गर्दा त्यस्तो संस्था कुनै सरकारी निकायमा कुनै रूपमा दर्ता भएको हुनुपर्छ । चिह्नको कानूनी संरक्षण, अनुगमन र प्रतिरक्षाको विषय सामूहिक चिह्न व्यवस्थापनको ज्यादै महत्त्वपूर्ण पक्ष हो । हाल सामूहिक चिह्न संरक्षणका लागि नियामक संस्थाले चिह्नको उपयुक्त ढाँचा तयार पारी ऐनले टे«डमार्क दर्ताको सम्बन्धमा तोकेका आवश्यक औपचारिकता पूरा गरी उद्योग विभागमा आवेदन दिनुपर्ने व्यवस्था छ । विभागले दर्ता गरिदिएपछि त्यस्तो सामूहिक चिह्नले नेपालमा कानूनी संरक्षणको हैसियत प्राप्त गर्छ । चिह्न प्रयोग गरिने वस्तु निर्यातयोग्य भए निर्यात हुने मुलुकमा कानूनी संरक्षण पाउन त्यहाँ पनि आवेदन दर्ता गनैर्पछ । तर, सरकारले अन्तरराष्ट्रिय दर्ताको लगि मेड्रिड सम्झौताको ढोका अझै नखोलेकाले हाललाई वैदेशिक दर्ता विधि धैरै र्खचिलो र झन्झटिलो छ । चिह्न व्यवस्थापनको अन्तिम पक्ष सामूहिक चिह्न सञ्चालन निर्देशिका हो । चिह्न सञ्चालनकर्ता नियामक संस्था र चिह्न उपयोगकर्ता व्यवसायीबीचको करार सम्झौता र दुवै पक्षको पारस्परिक दायित्वलाई यसै दस्तावेजले नियन्त्रण गर्छ । भौगोलिक क्षेत्रको सीमांकन, नियामक संगठनको निर्माण, उत्पादित वस्तुको मापदण्ड आदि विषय पनि यसै दस्तावेजमा समावेश गरिन्छ । यो सामूहिक चिह्न व्यवस्थापन र सञ्चालनको आधारभूत उपकरण हो । सरकारी नियमनकारी निकायले स्वीकृत गरेपछि नियामक संस्थाले यसको कार्यान्वयन गर्छ ।  हाम्रोजस्तो औद्योगिक विकासमा पछाडि परेको मुलुकमा बौद्धिक सम्पत्तिअन्तर्गत सामूहिक चिह्न प्रयोगबाट लघु उद्यम एवं घरेलु तथा साना उद्योगबाट उत्पादित औद्योगिक वस्तुहरूको बजार प्रवर्द्धन गर्न सकिन्छ । मितव्ययिता, प्रभावकारिता र साना व्यवसायीको पहुँचको दृष्टिकोणले लघु तथा साना व्यवसायीहरूको उत्पादनलाई प्रवर्द्धन गर्ने योभन्दा अन्य उपाय अहिलेलाई छैन । साना व्यवसायका उत्पादन सम्बन्धमा कहिलेकाहीँ आलोचकहरूबाट लाञ्छना बेहोर्नुपर्ने आरोप हो, उत्पादित वस्तुमा उपयुक्तता, स्तरीयता, एकरूपता र नियमित आपूर्तिको अभाव हुन्छ । यस्ता कमजोरीलाई समेत सामूहिक चिह्नको उचित प्रयोगबाट पूर्णरूपले हटाई उत्पादित वस्तुको व्यापार प्रवर्द्धन गर्न सकिन्छ । स्थानीय इलाकाको बजारमा मात्र सीमित साना व्यवसायीको उत्पादनले अन्तरराष्ट्रिय बजारमा समेत उचित स्थान पाउन सामूहिक चिह्न प्रयोगको एउटा सानो शुरुआतले ठूलो भिन्नता सृजना गर्न सक्छ । सामूहिक चिह्नको अधिकतम सफलता चिह्न प्रयोग गर्ने सदस्यहरूको इमानदारीपूर्ण व्यवहारमा भर पर्छ । उत्पादित वस्तुको प्रवर्द्धनमा यस्तो चिह्नको प्रयोग महत्त्वपूर्ण पक्ष भए तापनि यही मात्र आफैमा परिपूर्ण हुँदैन । कानूनी र संस्थागत व्यवस्था, व्यापार अवरोधहरूको निराकरण, बौद्धिक सम्पत्ति विषयमा प्रशिक्षण, सूचना प्रवाह र सचेतना वृद्धिलगायत धेरै कुराले चिह्नको उपादेयतालाई उत्तिकै प्रभावित गरिरहेका हुन्छन् । अत: चिह्नको प्रयोग सँगसँगै यस्ता अन्तरसम्बन्ध भएका अन्य पक्षमा पनि सम्बद्ध निकायहरूले यथोचित ध्यान पुर्‍याउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन गर्दै जान आवश्यक छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा एक जना पक्राउ

मसला उद्योगको ‘नक्कली ट्रेडमार्क’ बनाएको आरोपमा प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाबाट एकजना लाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–८ घर भएका ३० वर्षीय रोहित शाह कानुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले रातोपाटीलाई बताए ।शाहले धेरै नाफा कमाउन ‘चाटकर बिएमपी स्पाइसिज’ उद्योगको नक्कली ट्रेडमार्क बनाएर आफूले उत्पादन गरेको मसलाको प्याकेटमा टाँसेर बेचेको आरोप छ । वीरगञ्जमा शाहको अन्नपूर्ण मसला उद्योग छ । ‘चाटकर बिएमपी स्

बैंक छोडेर कविता धिताल ट्रेडमार्क चोरी धन्दामा !

आफनो लोगो हुबहु चोरी गरेको आरोप लगाउँदै ‘बिजनेश सरोकार डटकम’ विरुद्ध अर्थ सरोकार संचालक कम्पनी शुभम मिडिया प्रालिले कानुनी उपचार खोज्ने भएको छ ।  बिजनेश सरोकार डटकमले उद्योग विभागमा दर्ता नम्बर ०४७७९६ ...

उद्योगी भन्छन्, ‘विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोर्ने काम हुन्छ’

वीरगंज : उद्योग विभागकै कर्मचारीको मिलेमतोमा ट्रेडमार्क चोरी हुने गरेको उद्योगी व्यवसायीहरुले आरोप लगाएका छन्। उद्योग विभाग र प्रदेश २ को उद्योग मन्त्रालयको संयुक्त आयोजनामा आज वीरगंजमा आयोजित औद्योगिक सम्पत्ति (पेटेन्ट डिजाइन ट्रेडमार्क) प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी उद्योगीहरुले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा वीरगंजका उद्योगी मुरली जालानले उद्योग