संकटग्रस्त श्रीलंकाले आइतवार मोटर चालकहरूको लागि साप्ताहिक इन्धन कोटा प्रणाली घोषणा गरेको छ । इन्धन अभाव तीब्र भएको र सञ्चालनमा आएका केही पेट्रोल पम्पबाहिर तेल भर्नेको लाइन बढिरहेका बेला सरकारले कोटा प्रणाली घोषणा गरेको हो ।ऊर्जा मन्त्री कञ्चना विजेसेखेराले राज्य सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसनले तेल आयातमा संघर्ष गरिरहेको बताए । विद्युत र ग्यास अभावले पेट्रोलियम पदार्थको खपत बढेको छ । ‘वित्तीय अवस्था सुदृढ गर्न सक्षम नभएसम्म तेल भर्ने स्टेसनहरूमा ग्राहकको नाम दर्ता गरेर उनी