काठमाण्डाै - सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच आजदेखि औपचारिक वार्ता सुरु गर्ने तयारी भएको छ ।
वार्ताका लागि दुवै समूहले वार्ता समिति गठन गरेका छन् । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहले वार्ता टोली गठन गरेको छ ।
विप्लव समूहले वार्ताका लागि आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका ...