नेपाललाई अक्सिजन सहयोग गर्न बेलायती सरकारलाई अपिल गर्दै अनलाइन पेटिसन

काठमाडौं। नेपालमा बढ्दो कोभिड-१९ महामारीबीच अक्सिजनलगायत मेडिकल सामग्री सहयोग गर्न बेलायती सरकारलाई आह्वान गर्दै अनलाइन पेटिसन दर्ता गरिएको छ। चेन्ज डट ओआरजीमा बेलायती तथा नेपाली प्राज्ञ, सिनेकर्मी, पूर्वराजदूत, स्वास्थ्यकर्मी, आरोही, लेखक, पूर्वसैनिकलगायत ५५ जनाले नेपालसँग पुरानो सम्बन्ध रहेका कारण सहयोग गर्नुपर्ने भन्दै बेलायती विदेश सचिवलाई निवेदन दिएका हुन्।

सम्बन्धित सामग्री

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

कोभिडविरुद्ध लड्न बेलायतले नेपाललाई पठायो स्वास्थ्य सामग्री

नेपालले बेलायतसँग कोभिडविरुद्ध लड्नका लागि सहयोग गर्नका लागि आग्रह गरेकोमा बेलायतले स्वास्थ्य सामग्री र उपकरणहरू पठाएको छ । काठमाडौंस्थित बेलायती दूतावासको आधिकारिक ट्विटर अकाउन्टमा भेन्टिलेटर र अक्सिजन कन्सनट्रेटर लगायतका उपकरणहरू नेपालका विभिन्न स्थानमा रहेका स्वास्थ्य केन्द्रमा पठाउनका लागि बेलायतबाट विमानमा राखिएको उल्ल...

नेपाललाई सहयोग गर्न बेलायती अभिनेत्री जोआना लम्लीलगायत सक्रिय

कोरोना महामारीको दोस्रो लहर खेपिरहेको नेपाललाई सहयोग गर्न बेलायतका चार दर्जन भन्दा बढी प्राज्ञिक व्यक्तित्वहरु लागि परेका छन् ।  बेलायती अभिनेत्री जोआना लम्लीसहित ५० भन्दा बढी प्रतिष्ठित व्यक्तित्वले नेपालमा अक्सिजन लगायतका  अत्यावश्यक सामग्री उपलब्ध गराउन  बेलायती विदेश मन्त्री डोमिनिक राबलाई एक खुल्ला पत्र पठाएका छन् ।  यसरी पत्र पठाउनेहरुमा अभिनेत्री जोआना लम्ली, सर माइकल पालिन, सर क्रिस बोनिंगटन, ब्रिटिश जनस्वास्थ्य विज्ञ तथा खोप अनुसन्धाता सर जेरेमी फरार, सराह

बेलायतले भारतलाई थप १२ सय अक्सिजन सिलिण्डर सहयोग गर्यो

कोभिड १९ को दोस्रो लहरबाट तङ्ग्रिएको भारतलाई बेलायतले थप एक हजार दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बिहीबार उक्त सिलिण्डर बोकेको कतार एयरवेजको विमानलाई भारतमा स्वागत गरिएको छ । समाचार संस्था एएनआईका अनुसार बेलायतले गरेको सहयोगप्रति भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले धन्यवाद ज्ञापन गर्नुभएको छ । उक्त सिलिण्डर कतार विमान सेवाले निशुल्क ढुवानी गरेको छ । बेलायती कम्पनीले यसअघि गत् सोमबार भारतलाई एक हजार ३५० सिलिण्डर सहयोग गरेको थियो ।