रक्सौल–काठमाडौं प्रस्तावित ब्रोडगेज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राविधिक जटिलता र कोभिड–१९का कारण कार्यान्वयन सम्झौता हुन रोकिएको रक्सौल–काठमाडौं रेलमार्गको फाइनल लोेकेसन सर्भेका लागि नेपाल र भारतबीच हस्ताक्षर भएको हो ।हाल सञ्चालित सीमापार रेल सञ्जालको कार्यान्वयन पक्ष तथा रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यबारे समीक्षा गर्न नेपाल–भारत संयुक्त कार्यदलको पाँचौं बैठक तथा […]