नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा

वि.संं १९९४ साल कात्तिक ३० गते लक्ष्मीपूजाका दिन स्थापित नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड ८२ औं वर्षमा प्रवेश गरेको छ । नेपालको बैंकिङ विकासको आधारस्तम्भका रूपमा रहेको यस बैंकको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ सचिव, राजस्व सचिवलगायतका उच्च पदस्थहरूले बैंकलाई लिखित शुभकामना सन्देश दिए ।

सम्बन्धित सामग्री

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालाको भ्रष्टाचार मुद्दा ठहर

विशेष अदालत काठमाडौँले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।...

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोबार, विज्ञापन तथा सूचना प्रकाशनसम्

नेपाल बैंक लिमिटेडलाई दुष्कृतिजन्य कार्य गरेको अभियोगमा दोषी ठहर

अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७...

नेपाल बैंकद्वारा विद्यार्थी सम्मानित

नेपाल बैंक लिमिटेडले त्रिभुवन बिश्वविद्यालय व्यवस्थापन संङ्काय अन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड छत्रमान सिंह के.सी.स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको छ ।भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा बबिता ग्वाछालाई त्रिभुवन बिश्वबिद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वबिद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड […]

नेपाल बैंक–बिमा संस्थान सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानबीच राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई बिनाधितो १५ लाख रूपैयाँसम्मको कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।...

नेपाल बैंक लिमिटेड मलंगवाका सहायकसहित तीन जनाविरूद्ध अदालतमा भ्रष्टाचारको मुद्दा

भ्रष्टाचार गरेको आरोपमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाका सहायकसहित तीन जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ।

दूधपाटीमा नेपाल बैंकको काउन्टर

नेपाल बैंक लिमिटेड भक्तपुर शाखाले भक्तपुर नगरपालिका वडा नं. १, दूधपाटीमा एक्सटेन्सन काउन्टर खोलेको छ।...

नेपाल बैंक लिमिटेड : कम्पनी विश्लेषण (सोमवार, ३१ जेठ २०७८)

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा रु. १ रुपैयाँले वृद्धि भएको छ । आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ४४६ पुगेको छ । कम्पनीको २ लाख ९९ हजार ३५७ कित्ता शेयर खरिद विक्री भएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ४७ करोड ४६ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब २६ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १ अर्ब ९९ करोड ६५ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा १३ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. २३ दशमलव ८७ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओेपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव २३ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ४४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ४४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४३२ मा टेवा पाउने र महँगिए रु. ४६० मा प्रतिरोध पाउने देखिन्छ ।

नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच सम्झौता

नेपाल बैंक लिमिटेड र आगन्तुक रिसोर्टबीच आपसी सहकार्यका विषयमा सम्झौता भएको छ ।मंगलवार नेपाल बैंक लिमिटेड र बनेपा–६ भ्यूटावर मार्ग गोसाईस्थानस्थित आगन्तुक रिसोर्ट प्रालिबीच रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकले डेबिट/क्रेडिट/अन्य प्रिभिलेज कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ लगायतका डिजिटल माध्यममार्फ...