प्रदेश १ मा माओवादी केन्द्रको प्रदेश अध्यक्ष र पदाधिकारी चयन पेचिलो बनेको छ । प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास असफल बनेपछि अब निर्वाचनको विधिबाट चयन हुने सम्भावना बढेको छ ।यसअघि बसेको प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन्&