११ साउन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक रिक्त भएको तीन महिना हुन लाग्यो । अस्पतालको दैनिक कामकाज सञ्चालन गर्ने कार्यकारी निर्देशक नै नियुक्ति हुन नसक्दा कर्मचारीले गत वैशाख महिनादेखिको तलब पाएका छैनन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै अस्पतालका कर्मचारीहरुले यसअघि प्रशासन घेराउ लगायतका विभिन्न दबावमूलक कार्यक्रम पनि […]