बेनीमा साढे दुई सय वर्ष पुरानो लाखे नाच शुरु

म्याग्दी : जिल्ला सदरमुकाम बेनीमा साढे दुई सय वर्षदेखि देखाइँदै आइएको लाखे नाच देखाउन थालिएको छ।नागपञ्चमीको दिन मंगलबार (हिजो) बेनीमा लाखे नाच देखाउन शुरु गरिएको हो। करिब ३ सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै यहाँ नेवार संस्कृति भित्रिएको मानिन्छ। लाखे नाच नेवार संस्कृतिको धरोहर हो।यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ।घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृत

सम्बन्धित सामग्री

दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच

म्याग्दी सदरमुकाम बेनीमा दुई सय ५० वर्षदेखि एउटै मखौटोमा लाखे नाच प्रदर्शन गरिँदै आएको छ । मङ्गलबार नागपञ्चमीको दिनदेखि बेनीमा सो मखौटो लगाएर लाखे नाच देखाउन थालिएको छ । करिब तीन सय वर्ष अघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै नेवार संस्कृति भित्रिएको हो । लाखे नाच नेवार संस्कृतिको धरोहर हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये …

लाखे नाच संरक्षणमा जुटे बेनीका युवाहरु (फोटो फिचर)

करिव तीन सय वर्ष पुरानो बेनीको लाखे नाच संरक्षणमा युवाहरु जुटेका छन् । युवाहरुको सक्रियतामा बेनी बजारमा मंगलबार नागपञ्चमीका दिन लाखे नाच देखाइएको छ ।

युवा पुस्तामा लोकप्रिय बन्दै लाखे नाच

झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ ।