विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको रोकथामको लागि सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । अहिले सबै ठाउँका होटलहरु बन्द हुँदा अस्पतालमा उपचार गराइरहेका विरामी र विरामी कुरुवा पनि प्रभावित भएका छन् ।