नेपाली काँग्रेसले हालसम्म ७० जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याएको छ । शनिबार थप ५ जिल्लाको सदस्यता विवाद टुंगिएसँगै यो संख्या ७० पुगेको हो ।
निर्वाचन समितिका अनुसार शनिबार सुर्खेत, बाँके, सिरहा, महोत्तरी र डोल्पाको विवाद समाधान भएको हो । बाँकी ७ जिल्लाको विवाद छिट्टै समाधान हुने समितिको विश्वास छ ।
काँग्रेसले विवाद समाधान भएका जिल्लामा अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ ।