काठमाडौं, १० असार । भर्खरै घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूहरुको मूल उद्देश्य देशको विद्यमान व्यवस्था परिवर्तन गर्नु नभएर जनताको अवस्था परिवर्तन गर्नु रहेको स्पष्ट पारेका छन् । पार्टी घोषणा र निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछिको पहिलो सार्वजनिक पत्रकार सम्मेलन आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा गर्दै लामिछानेले यस्तो बताएका हुन् […]