बागलुङ : काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको गाउँमैत्री अक्षयकोषका लागि गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० मा अक्षयकोषका लागि उक्त बजेट विनियोजन गरेको हो। प्रदेश सांसद पियारी थापा र जनवादी कलाकार हेमराज पुन (आश्रम)को विवाहका क्रममा २०६६ सालमा १० हजारबाट उक्त कोष शुरु भएको थियो।व्यक्तिगत रूपमा स्थापित उक्त अक्षयकोष अहिले सामुदायिकमा रूपान्तरण गरेको सांसद पियारी थापा बताउँछिन्। उनले सिंगो समाजलाई समेटेर सामाजिक संस्थाको रूपमा विकास गरे