उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको बताउनुभएको छ । संविधान दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान पालनमा केही चुनौतीहरू देखापरे तापनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था बताउनुभएको छ । संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको जनाउँदै उहाँले संविधान गतिशील दस्तावेज …