३ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान पालनामा केही चुनौती देखिएको बताएका छन् । तर पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ । संविधान दिवसको अवसरमा शुभकामना दिंदै उनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवद्र्धन अनिवार्य सर्त भएको समेत उल्लेख गरेका छन् । संविधानअनुसार दोस्रोपटक […]