क्यान्टिनकी कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल अशान्त

१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि स्कुलको वातावरण केही समय अशान्त बनेको छ । काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । रमाका आफन्त बिहान आइपुगेका छन् । उनीहरूले घटनाको स्वतन्त्र छानबिन गर्न […]

सम्बन्धित सामग्री

कर्मचारी मृत भेटिएपछि केएमसी स्कुल अशान्त

काठमाडौं।काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा मृतावस्थामा फेलापरेकी कर्मचारी रमा रायमाझीको शव अझै उठाइएको छैन।२१ वर्षीया रायमाझी शनिबार साँझ झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् ।आफन्तले हत्या भएको भन्दै विरोध गरेपछि शव उठाउन नसकिएको हो।उनी केएमसी स्कुलको होस्टेल क्यान्टिनमा कार्यरत थिइन् । त्यहीँ झुन्डिएको अवस्थामा मृत फेलापरेकी हुन् ।