ओलीसँग चुनाव लड्न काँग्रेसका ३ नेताको दाबी, यस्तो छ पार्टीगत मत परिणाम !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तीन जनाले दाबी गरेका छन् । अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले झापा-५ मा दाबी गरेका छन् । त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पेसा छोडेर अधिकारी गत निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्न पुगेका थिए । […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा रहेका सबै विधेयक निस्क्रिय, राष्ट्रिय सभाका यथावत् : संसद सचिवालय

काठमाण्डौ – संघीय संसदको एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने तरखरमा छ । मंसिर ४ गते भएको चुनावको मत परिणाम आउने क्रम जारी नै छ । अधिकांश स्थानमा भने मत परिणाम आइसकेको छ । चुनाव परिणामलाई नियाल्दा कुनै पनि एक दलको मात्रै बहुमतको सरकार बन्ने स्थिति छैन । नेपाली कांग्रेस र नेकपा एमाले यी दुई पार्टीमध्ये कुनै एकको नेतृत्वमा बन्ने सरकार बाँकी दलहरुको सहयोगमा गठबन्धनकै सरकार बन्ने निश्चित छ ।  मत परिणाम अन्तिम चर...

ठूलो मतान्तरसहित चुनाव जित्छु : राजन केसी

५ मंसिर, काठमाडौं । काठमाडौं-१० का नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । प्रारम्भिक मत परिणाम हेर्दा आफू फराकिलो मतान्तरसहित जित्नेमा ढुक्क रहेको उनले बताए । काठमाडौं उपत्यकामा सत्ता गठबन्धनमा रहेका दलमध्ये एक दलको मत अर्को दलको उम्मेदवारले नपाएको देखिएको छ । तर उपत्यकामा गठबन्धनका उम्मेदवारले नै बहुमत सिट […]

भारतमा आज राष्ट्रपतीय चुनाव, आउँदो बिहीवार मत परिणाम सार्वजनिक हुने

भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार हुनुहुन्छ भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ । चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उहाँले मत धेरै पाउन सक्ने अनुमान छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुनेछ ।  द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहाँ आदिवासी समुदायबाट राष्ट्र...

यी हुन् मत परिणाम सार्वजनिक हुन बाँकी ८ पालिका

काठमाण्डाै – पालिका चुनाव अन्तर्गत अब ८ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन् । पछिल्लो पटक पोखरा र ललितपुर महानगर र रौतहटको गढीमाई नगरपालिकाको न...

कालीकोटका नौ वटै पालिकाकाे मत परिणाम सार्वजनिक

कालीकोट – पालिका चुनाव २०७९ अन्तर्गत कालीकोटका नौ वटै पालिकाको मत परिणाम सार्वजनिक  भएको छ ।  कालीकोटका एक वटा नगरपालिकामा मेयर र एक वटा नगरपालिकामा उपमेयर नेकपा माओवादी केन्द्रले जितेको छ ।  त्यस्तै चार वटा गाउँपालिकामा अध्यक्ष र तीन वटा गाउँपालिकामा उपाध्यक्ष पनि माओवादी केन्द्रले जितेको छ ।  नेपाली कांग्रेसले एक नगरपालिकामा मेयर, एक गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिकामा उपाध्यक्ष जितेको छ । एक नगरपालिका मेयर र एक गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ...

६ सय १९ पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय १९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय वटा नगरपालिका र ४  सय १९ वटा गाउँपालिका गरी ६ सय १९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।  नेपाली कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २ सय ७५ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ९९ वटा नगरपालिकाको मेयर र १ सय ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै, कांग्रेसले ७४ वटा नगरपालिकाको उपमेयर र १ सय ७७ वटा गाउँपालिकाको उप...

चार सय पालिकाको मत परिणाम : कुन दलले कति पालिका जिते (हेर्नुहाेस्)

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ९१ वटा नगरपालिका र तीन सय ९ वटा गाउँपालिका गरी चार सय वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।  कांग्रेस सार्वजनिक मत परिणाम अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ५१ वटा नगरपालिका र एक सय ३६ वटा गाउँपालिका गरी एक सय ८७ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । यस्तै कांग्रेसले ४२ वटा नगरपालिकाको उपमेयर, एक सय ३४ वटा गाउँपालिकाको उपाध्यक्ष...

यी १० भाग्यमानी उम्मेदवार, जसले १ मतले चुनाव जिते

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार जसले मात्रै १ मतका कारण चुनाव जितेका छन् । १) ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् ।  उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज