टेक्नो ब्राण्ड शाओमीले नेपालमा आफ्नो पाँचौं मी स्टोरको लन्च गरेको छ । कलंकीमा अवस्थित स्टोरले यस त्रैमासिकको अन्तसम्म मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ ।“हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणको लक्ष्य पूरा गर्नको लागि प्रयास जारी राख्नेछौं” स्टोर उद्घाटनका क्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारी भने ।