हुलाकी सडकले फेरिँदै कपिलवस्तुको सदरमुकाम तौलिहवाको मुहार

राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ। कपिलवस्तुको विकासको मेरुदण्डारुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ।...

सम्बन्धित सामग्री

आगलागीमा परेको दोभान बजारको मुहार फेरिँदै

फुङ्लिङ, १३ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा […]

चार लेन बन्दै नेपालगञ्ज–गुलरिया सडक

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको २ किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउन थालिएको हो ।      यस आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डीपीआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय गरेको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । नेपाल सरकारको बजेटबाटै बहुवर्षीय योजनाअनुसार क्रमागत रूपमा चार लेन सडक निर्माण हुने भएको छ । नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनका लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया शुरू गरिएको डिभिजन प्रमुख एसीले जानकारी दिए ।      नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा चार लेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्नेगरी काम शुरू भएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।   उनका अनुसार संघीय सरकारको ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि चार लेन सडक निर्माण शुरू गरेको हो । पहिलो चरणमा निर्माण शुरू गरिएको १ हजार ८०० मिटर लम्बाइको चार लेन सडकमा कालोपत्र गर्ने अवस्थामा पुगेको छ । क्रमागत रूपमा बजेट थप्ने गरी केन्द्रीय सरकारको योजनाअन्तर्गत निर्माण शुरू भएको हो । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुरा बजार क्षेत्रमा १ हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको २ किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ भने सँगसँगै नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्मको डीपीआर तयार गरी चार लेन सडक विस्तार कार्य शुरू भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले जानकारी दिए ।   केन्द्रीय सरकारको योजना भए पनि खजुरा गाउँपालिकाको मुख्य बजार क्षेत्रलगायत मुख्य सडक भएकाले गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग समन्वय गरिरहेको उनको भनाइ छ । चार लेन सडक निर्माणसँगै खजुरा बजारको मुहार फेरिँदै गएकाले सडक विस्तारले खजुरावासी उत्साहित भएको भन्दै अध्यक्ष कक्षपतिले यो चार लेन सडकले बाँके र बर्दियाको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस

आगलागीपछि फेरिँदै दोभान बजारको मुहार

ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।      जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।       हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।     साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

मार्तडी बजारको मुहार फेरिँदै

पछिल्लो समय बाजुराको सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको छ । बडिमालिका नगरपालिले मार्तडीमा रहेका पुराना भौतिक संरचनाहरू भत्काउँदै भूकम्प रहित नयाँ घर सडक निर्माण गरेपछि जिल्ला सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको हो ।

हाट बजारको मुहार फेरिँदै

शुभनारायण यादव/उज्यालो ।  सप्तरी, वैशाख १३ – सप्तरीको सदरमुकाम राजविराजमा रहेको गुदरी हाट बजारको मुहार फेरिँदै छ । १ बिघा ११ कट्ठा जग्गामा...