काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ।राष्ट्र सङ्घका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कङ्गोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो। उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए।सो क्रममा उनीहरूका अनुवादक वेट टिशिन्टेला