दमकमा कोशी नामविरुद्ध मसाल जुलुस

विराटनगर : झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गरेको छ। आज (मंगलबार) प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जनाभन्दा बढी घाइते भएका छन्।घाइतेहरुको उपचार लाइफ लाइन अस्पतालमा भइरहेको र थप विवरण आउन बाँकी रहेको पहिचान पक्षधरका नेता केदार धिमालले जानकारी दिए।कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले सोमबार मात्रै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रद

सम्बन्धित सामग्री

कोशी प्रदेश नामांकनको विरोधमा दिक्तेलमा मसाल जुलुस

कोशी प्रदेश खारेज गरी किरात प्रदेश नाम राख्नु पर्ने माग गर्दै दिक्तेलमा फागुन २७ गते साँझ मसाल जुलुस प्रदर्शन गरिएको छ । पहिचान पक्षधरहरुको मागलाई बेवास्ता गर्दै कोशी प्रदेश राखिएकाले त्यसलाई खारेज गरी किरात प्रदेश नामांकन गर्नु पर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरिएको हो ।