सल्यान । वनमा लागेको आगो निभाउने क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ डाडाँकटेरीका अन्दाजी ५७ वर्षीय दल बहादुर बुढाथोकीको मृत्यु भएको हो । दुबेरीचौर सामुदायिक वन र हलुवारे सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर उनको मृत्यु भएको सिद्ध कुमाख गाउँपालिका ३ का वडाअध्यक्ष जीवराज बोहोराले […]