अफ्रिका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ । क्यामरुनमा आइतबार राति भएको खेलमा सर्वाधिक सफल टोली इजिप्टलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।
एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप सुरु भएलगतै अफ्रिकामा पनि त्यहाँको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्सका रूपमा ।
लन्डन । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेको कीर्तिमानी ह्याट्रिकमा सेनेगल विजयी भएको छ । अफ्रिका कप अफ नेसन्स छनोट चरणअन्तर्गतको खेलमा सेनेगलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बेनिनलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । बेनिनका जुनियर ओलाइटनले एक गोल फर्काएका थिए । सेनेगलमा शनिबार राति भएको खेलको १२औं मिनेटमा मानेले पेनाल्टीमा गोल गर्दै टोलीलाई […]
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्डद्धय साडियो माने र मोहम्मद सलाह अफ्रिका कप अफ नेसन्स (काफ) को बेस्ट ११ मा परेका छन् । आइतबार राति मोहम्मद सलाहको इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै साडियो मानेको सेनेगल पहिलोपटक अफ्रिका महादेशको च्याम्पियन बनेको थियो । च्याम्पियन सेनेगलबाट मानेसँगै गोलरक्षक इडुआर्ड मेन्डी, लेफ्टब्याक सालिउ सिस र मिडफिल्डर नामपालिस […]
गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए । अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई
इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।
साविक उपविजेता सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले मोरक्कोलाई २–१ गोलले स्तब्ध बनायो।
लन्डन, (एजेन्सी) । सेनेगल र मोरोक्को ‘अफ्रिका कप अफ नेसन्स’ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सेनेगलले ९ खेलाडीमा समेटिएको केप भार्डेलाई २–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा मंगलबार राति भएको खेलमा सेनेगलको जितमा साडियो माने र एमाडोउ बम्बा डिइङले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको […]