सल्यान : आमाबुबाको मृत्यु भएपछि टुहुरा बनेका सल्यानका दुई बालकको साझा घर नेपाल सुर्खेत अभिभावक बनेको छ।आमाबुवा गुमाएका बेसहारा सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराका दुई दाजुभाईलाई अभिभावकत्व प्रदान गर्दै साझा घर नेपाल अभिभावक बनेको हो।तीन वर्षअघि बुबाको क्यान्सरबाट र केही महिना अघिमात्र आमाको मृत्यु भएपछि टुहुरा भएका १५ वर्षीय दीपक वि.क. र ४ वर्षीय दिपेश वि.क.लाई बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले साझा घर नेपालका प्रमुखलाई जिम्मा लगाएका हुन्।आमाबुबाको मृत्यु भएप