काठमाडौँ,१५ पुष । सेवाग्राहीलाई दिएको सेवा, सुविधा तथा कर्मचारीको नियमनका लागि जिल्ला प्रशासन कार्यालयले सरकारी कार्यालयको छड्के अनुगमन अभियान सुरु गरेको छ । सरकारी कार्यालयबाट पाउने सेवाका बारेमा सेवाग्राहीको गुनासो बढ्दै गएपछि कर्मचारीको नियमित उपस्थिति र सेवाग्राहीको सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले बिहीबारदेखि कार्यालयको छड्के अनुगमन अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी […]