टिकट– १रामजीवनलाई चुनाव लाग्नु लागेको थियो । राष्ट्रिय अनाम दलको दलित कोटाबाट वडा सदस्यको टिकट पाएपछि उसका खुट्टा भुइँमा थिएनन् । नगरपालिकाको स्विपर पदमा बस्न पनि उसलाई निको लागेन र उसले राजीनामै दिएको थियो ।“वडा सदस्य भएपछि ठाँटै अर्को हुन्छ, अब केको झाडु घोटेर जागिर खानु पर्यो” । वाह ! भोट जितेपछि त ‘मिलोमतो’ ‘आमदानी’ ‘पक्की घर’ ‘सुकिलो नाना’ ‘मीठो खाना’ ‘दारूपानी’ ‘सबकुछ’ वाह ! भोट