काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित