किराँत राई जातिको, इतिहास, भाषा, लिपि, धर्म तथा अधिकार संरक्षणमा पैरवी गर्ने उद्देश्यका साथ ‘किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन–२०७८’ काठमाडौँमा सुरु भएको छ । किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले आयोजना गरेको सो सम्मेलनको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् ।सम्मेलनमा राई जातिभित्रका २६ भाषाको अवस्था, किराँत सिरिजङ्गा लिपिको प्रयोग, किराँत धर्म र माङ्खिम, मुन्दुममा सुप्तुलुङको स्थान र प्रयोग, किराँत प्रदेश अभियानलगायत विषय छलफल हुनेछ । सम्मेलनका दौरा