प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

काठमाडौं : चिनियाँ नागरिक सहित दुई जनालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर…

सम्बन्धित सामग्री

लैनचौरबाट चिनियाँलाई अपहरण गरेर १ करोड फिरौती माग

काठमाडौंको लैनचौरबाट एकजना चिनियाँ नागरिक अपहरणमा परेका छन् । दोभासे सहित चिनियाँ नागरिकलाई उनको फ्ल्याटबाट अपहरण गरेर ६ जना नेपाली युवाले गोंगबुको एउटा होटलमा बन्धक बनाएका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेको छ । अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौत

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’लाई थप १० वर्ष कैद र एक लाख जरीवाना

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा जन्मकैदको सजाय पाएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङले थप  १० वर्ष कैद र १ लाख रुपैयाँ जरीवाना तोकेको छ । गोरेलाई सनम शाक्यको अपहरण गरी शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै अदालतले थप सजाय तोकेको हो । जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलाशले असोज १९ गते सुन तस्करी र शाक्य हत्यामा उप्रेतीसहित ६ जनालाई जन्मकैद, एकजनालाई तीन वर्ष र एकजनालाई ६ महीना कैद सजाय तोकेर सम्पर्कमा रहेका बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको थियो । त्यसबेला गोरेलाई सुन तस्करी र शाक्य हत्यामा मात्र अदालतले सजाय तोकेको थियो । जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीजंग राणाले भने असोज १९ गतेको इजलाशले गोरेलाई शाक्यको अपहरण र शरीर बन्धक बनाएकोमा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको थिएन । राणाले भने सोमवार न्यायाधीश लम्सालकै इजलाशले अपहरण र शरीर बन्धकमा सजाय निर्धारण गर्दै गोरेलाई थप १० वर्ष कैद, १ लाख जरीवाना र मृतकका परिवारका नजिकका नातेदारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने पैmसला गरेको जानकारी दिए । घटनाका मुख्य गोरेउप्रेती सहित ७७ जनालाई प्रतिवादी वनाएर मोरङ प्रहरीले २०७५ वैशाख १९ गते आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । असोज १९ गतेको इजलाशले मुद्दाका मुख्य आरोपी उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महीना कैद सजाय तोक्दै बाँकी ५६ जनालाई सफाइ दिँएको थियो । साथै सम्पर्कमा नआएका प्रतिवादीमध्ये २१ जनाको मुद्दालाई मुल्तवीमा राखेको थियो ।

३३ किलो सुन तस्करी प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला

विराटनगर (अस) । ३३ किलो सुन तस्करी र तस्करीमा भरियाको काम गर्ने मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगमा जिल्ला अदालत मोरङले मंगलवार मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, एकलाई ३ वर्ष र एकलाई ६ महीनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिएको छ । अदालतले गोरेसहित, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय तोकेको स्रेस्तेदार टिकेन्द्र वीरजंग राणाले बताए । उनका अनुसार शाक्य हत्यामा संलग्न ठहरिएका राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ । मुद्दाको मुख्य प्रतिवादी उर्लाबारी मोरङका गोरे भनिने चूडामणि उप्रेतीसहित ७७ जना थिए । आपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीहरूविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो । अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको थियो । कुल प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलाशले मुद्दालाई मुल्तबीमा राखेको राणाले बताए । त्यसबाहेका बाँकी प्रतिवादीको कुनै पनि कसुर पुष्टि नभएकाले इजलासले सफाइ दिएको उनले जानकारी दिए । गोरेको हकमा अपहरण तथा शरीर बन्धक कसुर प्रमाणित भएकाले सजाय निर्धारणका लागि १ महीनाभित्र पुनः पेशी हुने सुनुवाइ इजलाशले गरेको छ । सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् । त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् । गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो । हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा१२च ५९६३ नम्बरको गाडीमा शव बरामद गरेको थियो । त्यतिबेला गोरेका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ परेका थिए । उक्त  प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।