सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले शुक्रवार प्रदेश सभा बैठकमा सरकारकाे बजेट सार्वजनिक गर्नुभएको हो ।चालुतर्फ नाै अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा पालिकाकाे वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ८० करोड चार लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा कर्णालीको बजेट ३२ अ...