तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ वैशाख ३ गते सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ गरेको राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजना सम्झौता अवधिभन्दा १ वर्ष अगावै निर्माण सम्पन्न हुने प्रचार गरियो । तर अहिलेसम्म पनि परियोजना पूरा हुन सकेको छैन ।आर्थिक वर्ष ०६८/०६९ बाट सुरु भएको परियोजना ०७७/०७८ मा सम्पन्न हुने अपेक्षा थियो । यदि यो परियोजनाले लक्ष्य अनुसार काम गर्न सकेको भए आजका मितिसम्म निर्माण सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजा