आज र भोलि हल्कादेखि मध्यम वर्षा

काठमाडौं : देशको अधिकांश भू–भागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागले स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको जनाएको छ। त्यसैको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो।हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्श

सम्बन्धित सामग्री

आज र भोलि देशभर वर्षाको सम्भवना, सतर्कता अपनाउन आग्रह

आज र भोलि देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।  मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने...

अबको एक/दुई दिन लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने

काठमाण्डाै – आज प्रदेश १ र वाग्मतीसहित अन्य प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मनसुनी प्रणाली बिस्तारै सक्रिय भएकाले अबको एक दुई दिन पानी पर्ने क्रम बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार झरी नपरे पनि पानी पर्ने क्रम बढ्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । आज भन्दा भोलि अझ धेरै पानी पर्ने उहाँले बताउनुभयो । भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम तथा लुम्बिनी प्रदेशका केही ठाउँमा...

मनसुन केही निष्क्रिय, आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन – मौसमविद्

काठमाण्डाै - मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसो पानी नपरे पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । अहिले मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी नपर्ने तर बर्खाको समय भएकाले बेलुकीपख भने पानी पर्ने उहाँले बताउनुभयो । पर्सि शनिवार भने वाग्मती प्रदेशसहित पश्चिमी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही द...

आज र भोलि यी नदीमा पानीले सतर्कता तह पार्न गर्न सक्ने, ख्याल गरौँ

काठमाण्डाै - मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी जिल्लामा ठूलो पानी परेको छ। अरु ठाउँमा पनि मध्यम वर्षा भइरहेको छ। आज र भोलि कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी, कालीगण्डकी, मादीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । निरन्तर पानी परेकाले ती नदी किनार तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै महाशाखाले आज मधेस प्रदेशलगायत ...

बिहिबारसम्म नै भारी वर्षा हुने, आज र भोली यी जिल्लामा बाढीको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ। सो को प्रभावको कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको विभागले जनाएको छ।विभागका अनुसार आज बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।बुधबार राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै बिहिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ। बिहिबार राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।आगामी २४ घण्टा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले सबैमा अनुरोध गरेको छ।बाढी पूर्वानुमान विभागले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोसी, कर्णाली, महाकालीमा बहाव उल्लेख्य बड्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। आज र भोलि नारायणी र यसका सहायक नदीहरु सेती, कालिगण्डकी, मादीमा वहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। आज र भोली कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । आज प्रदेश १ को झापा, मोरंग, सुनसरी, ईलाम, धनकुटा, उदयपुर, पाँचथर, तहथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे पलान्चोक, मकवानपुर, सिन्धुली ; मधेश प्रदेशको सबै जिल्ला, गण्डकी प्रदेशको स्याङ्जा, नवलपरासी (व.सु.पू), लमजुङ, तनहूं, कास्की, पर्वत, बागलुङ, लुम्बिनी प्रवेशको नवलपरासी (व.सु.प.), पाल्पा, रूपन्देही कपिलवस्तु, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेलधुरा,बझाङ, वैतडी, दार्चुला र आसपास भई वहने अधिकांश स-साना नवीहरुमा बहाव बढ्ने, केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

काठमाण्डौमा बिहानैदेखि वर्षा, आज दिनभर र भोलिसम्म मौसम यस्तै रहने सम्भावना

काठमाण्डौ  - काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् । आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् ...

आज र भोलि अत्याधिक वर्षा हुने, सर्तक रहन आग्रह

काठमाडौं : देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ।  दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र दिउँसो पूर्व मध्ये र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै मंगलबार दिउँसो र राति देश...