काठमाण्डाै - आयात बढेसँगै सरकारले १८ वर्ष माथिका सबैलाई खोप दिने लक्ष्यअनुसार खोप केन्द्र बढाउँदै लैजाने भएको छ । यसले खोप केन्द्रमा देखिएको भीड व्यवस्थित गर्न सहयोग पुग्ने छ । खोप अभियानलाई व्यवस्थित गर्नकै लागि मन्त्रालयले अनलाइनमार्फत नाम दर्ता गर्न पनि थालेको छ ।
यस्तै, खोपलाई कार्यक्रमलाई प्रभावकारी ढङ्गले चलाउन केन्द्रसँगै स्वास्थ्यकर्मीको परिचालन पनि बढाउने तयारी भइरहेको स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभयो । खोपको आयातलाई हेरे केन्द्र थप्दै जाने उहाँको भनाइ छ । तर, खोप केन्द्र र स्वास्थ्यकर्मी थपे...