ह्याम्स अस्पतालद्वारा एकै वर्षमा डेढ अर्बको कारोबार

काठमाडौं, असोज ११। हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्‍याम्स) ले नौ महिनामा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। धुम्बाराहीमा रहेको ह्‍याम्स हस्पिटलले सन् २०२२/२३ को ९ महिनामा १ अर्ब १ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। यो अवधिमा हस्पिटलको अपरेटिङ प्रोफिट मार्जिन २९ प्रतिशत रहेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। संचालन […]

सम्बन्धित सामग्री

साधारण सेयर निष्कासनका लागि ह्याम्सले दियो आवेदन

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणलाई साधारण सेयर जारी गर्ने भएको छ । अस्पतालले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक तोक्दै साधारण सेयर जारी गर्ने तयारी...

डेंगु संक्रमण भएपछि जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना

काठमाडौं,३१ भदौ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ। उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान […]

पारसको स्वास्थ अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे कमल थापा

काठमाडौं, भदौ १६ । पूर्वयुवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा ह्याम्स अस्पताल पुगेका छन्। मुटुमा असजिलो महसुस भई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना भएका पारसको स्वास्थ अवस्था बुझ्न ‍कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका हुन्। अस्पतालमा अध्यक्ष थापासँग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि रहेका थिए। महामन्त्री बर्तौलासँगै अस्पताल पुगेका […]

ह्याम्स अस्पताल र द क्लिफबीच छूट तथा बजारीकरणमा सहकार्य

काठमाडौं। पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको संस्था द क्लिफ नेपाल र ह्याम्स अस्पतालबीच छूट तथा बजारीकरण सम्बन्धी सम्झौता भएको छ । अस्पतालका कर्मचारी तथा सदस्यलाई द क्लिफमा र द क्लिफका कर्मचारी तथा सदस्यलाई अस्पतालका सेवा सुविधामा छूट दिने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको हो । अस्पतालका अध्यक्ष आरएस भण्डारी र द क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले द क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आईपीडी सेवामा १०, फार्मेसीमा ५ र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छूट दिनेछ । साथै अस्पतालले द क्लिफका कर्मचारी र सदस्यका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्ने बताइएको छ । सम्झौता अनुसार द क्लिफले अस्पतालका सदस्य तथा कर्मचारीलाई कम्पनीका सेवा तथा सुविधामा १५ प्रतिशत छूट दिनेछ । त्यस्तै यस कम्पनीले अस्पताललाई मेडिकल पार्टनरको रूपमा बजारीकरण गर्नेछ । द क्लिफमा हुने हरेक कार्यक्रममा अस्पताललाई हेल्थ पार्टनरको रूपमा प्रवर्द्धन गरिने बताइएको छ ।

सिन्धुपाल्चोकमा ह्याम्स अस्पतालको शिविर, ४५० जनाले लिए सेवा

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पताल र सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको खाडीचौरमा भएको विशेषज्ञ सहितको स्वास्थ्य शिविरबाट ४५० जना बिरामीले स्वास्थ्य सेवा लिएका छन्।

पूर्वसभासद् थापाको निधन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका नेता डा दुमनिसिंह थापाको निधन भएको छ। अर्घाखाँची जिल्लाबाट पहिलो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौँमा आइतबार साँझ निधन भएको हो। केही समयअघि उनको मिर्गौला प्रत्यारोपण भएको थियो। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए। उनी मेगा बैंकका संस्थापक तथा पूर्वसंचालक पनि हुन्।

सरकारको स्वीकृतिअनुसार नै शुल्क तोकेका हौं : ह्याम्स अस्पताल

२३ वैशाख, काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले कोरोना संक्रमितको उपचारमा स्वास्थ्य मन्त्रालयको स्वीकृति बमोजिम नै शुल्क लिएको बताएको छ । बिहीबार अस्पतालले विज्ञप्ति निकालेर जनरल बेडमा सरकारले तोकेअनुसार दैनिक ७ हजार रुपैयाँ लिने गरेको र उक्त बेडमा अक्सिजनसहितको उपचार गरिएको बताएको छ । त्यस्तै क्याविनको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत बमोजिम थप रकम लिन […]

सरकारले तोके अनुसारकै शुल्क लिएका छौं : ह्याम्स अस्पताल

अस्पतालले कोभिड–१९ को उपचारमा बिरामीबाट अधिक मात्रामा शुल्क असुल गरेको भन्ने कुरा असत्य  भ्रामक रहेको पनि विज्ञप्ति मार्फत जानकारी गराएको छ।