कोभिड–१९ को बढ्दो जोखिम : हवाई उडानमा ‘हेल्थ अलर्ट’ को तयारी

पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘हेल्थ अलर्ट’ जारी गर्ने भएको छ । सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्राधिकारणका प्रतिनिधिबीच भएको बैठकबाट अलर्ट जारी गर्ने निर्णय भएको हो । मन्त्रालय र प्राधिकरणको संयुक्त बैठकले कोभिड–१९को संक्रमण बढेकाले वायुयान कम्पनी र विमानस्थल कार्यालयलाई सजक र सावधानी […]

सम्बन्धित सामग्री

विपद्‌ न्यूनीकरणका लागि स्थानीय तहको अग्रसरता

नेपालमा बर्सेनि चट्याङ, आगलागी, पहिरो, बाढी, भूकम्प, रोगव्याधि, आँधिहुरी आदि प्रकोपका घटना भैरहन्छन्‌ । विभिन्न रोगव्याधिको प्रकोप बढ्दो छ, कोभिड-१९ र डेङ्गुको प्रकोप उदाहरण हुन्‌ । सडक विस्तारसँगै सडक दुर्घटना र क्षतिको क्रम पनि बढ्दो छ । सडक, जलविद्युत, कलकारखाना निर्माण र सञ्‍चालन गर्दा आसन्न खतरामा ध्यान नपुग्दा विपद्‌को जोखिम बढ्दै गएको छ । हिमालय […]

कर्णालीमा कोरोना संक्रमणको जोखिम बढ्दो, तर बजारमा चहलपहल सामान्य अवस्थाको जस्तै

सुर्खेत : कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नयाँ भेरियन्ट (ओमिक्रोन)ले विश्व नै त्रसित बनिरहेको बेला कर्णालीमा भने सर्वसाधारण नागरिकको सतर्कतातर्फ ध्यान गएको छैन। संक्रमणबाट सुरक्षित रहन सर्वसाधारणले सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड भौतिक दुरी कायम, स्यानिटाइजर प्रयोग, माक्सको प्रयोग जस्ता सतर्कता अपनाउन छोडिसकेका छन्। यसअघि संक्रमणले थिलो-थिलो बनाएको सुर्खेतमा पनि अवस्था उस्तै…

कालीकोटमा कोरोना सङ्क्रमण बढ्दो

कालीकोट । कालीकोटमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दो छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेको हो ।

कालिकोटमा कोरोना संक्रमण बढ्दो

मान्म – कालिकोटमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो छ। राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारण जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो। कालिकोटमा शुक्रबार बिहान ११ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। कोभिड–१९ को संक्रमण देखिएका सबै राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले जनाएको […]

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

बाँके– नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज […]

गाउँपालिकाका जनप्रतिनिधिलाई ओमिक्रोनबारे जानकारी दिन प्रशिक्षण

पाल्पा– पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले कोभिड १९ को नयाँ भेरियन्टबारे प्रशिक्षण लिएका छन् । नेपालमा समेत देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो जोखिमलाई मध्यनजर गरि जानकारीका लागि तालिम सञ्चालन गरिएको हो । गाउँमा बसेर नागरिकको प्रत्यक्ष सेवामा खटिने जनप्रतिनिधिको सचेता, जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तालिम प्रदान गरिएको हो। ग्रामीण स्वाबलम्बन विकास […]

उच्च जोखिम, कम सतर्कता !

पछिल्लो समयमा नेपालमा पनि कोभिड–१९ को प्रभाव अप्रत्याशित रूपमा बढेको देखिन्छ । सरकारले यसअघि गरेको बन्दाबन्दी (लकडाउन) मा खुकुलो गरेसँगै सल्बलाएको जनजीवन र बढ्दो राजनीतिक घटनाक्रमसँगै दैनिकजसो देखिएका सभा, समारोह, जुलुस र आमसभाका कारण पनि कोभिडको संख्यामा वृद्धि भएको हो । खुला सीमाका कारण मित्रराष्ट्र भारतसँग आउजाउको कारण त मुख्य हो नै । यो आलेख […] The post उच्च जोखिम, कम सतर्कता ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडाैँमा भोलिदेखि अत्यावश्यकबाहेकका कार्यालय बन्द

काठमाण्डौँ उपत्यकामा बिहीबार (भोलि) देखि अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ । काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने छन् । काठमाण्डौँ र प्रशासनले आज एक सूचना निकाल्दै कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि यस्तो निर्णय गरिएको जनाएको छ । निषेधाज्ञाको […]

अष्ट्रेलियाले भारतबाट हुने उडानहरू घटाउने

एजेन्सी। अष्ट्रेलियाले भारतमा कोभिड–१९ को बढ्दो संक्रमणपछि भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ । प्रधानमन्त्री स्कट मोरिसन र राज्य तथा क्षेत्रीय नेतासहितको राष्ट्रिय क्याबिनेटले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो । भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडानभन्दा ७२ घण्टाअघि कोभिड–१९ संक्रमण नभएको स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्नेछ।

सीसीएमसीको बैठक बस्दै

काठमाण्डाै - कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल गर्ने तयारी छ । यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशील घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न अपिल गरिसकेको छ । तर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल तत्काल बन्द नगर्न र सङ्क्रमणको अवस्था अनुसार निर्णय गर्न पालिकालाई जिम्मेवारी दिएको छ ।