विपद्‌ न्यूनीकरणका लागि स्थानीय तहको अग्रसरता

नेपालमा बर्सेनि चट्याङ, आगलागी, पहिरो, बाढी, भूकम्प, रोगव्याधि, आँधिहुरी आदि प्रकोपका घटना भैरहन्छन्‌ । विभिन्न रोगव्याधिको प्रकोप बढ्दो छ, कोभिड-१९ र डेङ्गुको प्रकोप उदाहरण हुन्‌ । सडक विस्तारसँगै सडक दुर्घटना र क्षतिको क्रम पनि बढ्दो छ । सडक, जलविद्युत, कलकारखाना निर्माण र सञ्‍चालन गर्दा आसन्न खतरामा ध्यान नपुग्दा विपद्‌को जोखिम बढ्दै गएको छ । हिमालय […]