च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी, ध्रुव भन्छन्- बजारको समस्या छैन

वैदेशिक रोजगारीमा गएर फर्किएका सर्लाहीस्थित बाग्मती नगरपालिका– १० शंकरपुराका किसान ध्रुवप्रसाद चौलागाईंले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरिरहेका छन्

सम्बन्धित सामग्री

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

साउदीको लाख तलब छाडेर गाउँमै मुर्रा भैंसीपालन, वार्षिक करोडको कारोबार

काठमाडौं । एक दशक अरबको खाडीमा काम गरेर फर्किएका तनहुँका रमेश तिमिल्सिना भैंसी पालनमा रमाएका छन् । साउदी राजकुमारले सञ्चालन गरेको चर्चित अल्माराइ कम्पनीमा डेढ दशक काम गरेर नेपाल फर्किएका तिमिल्सिनाको मासिक १ लाखभन्दा बढी कमाइ साउदीमै हुने गरेको थियो । त्यहाँको सिकाइलाई नेपालमै प्रयोग गर्ने सोच बोकेर स्वदेश फर्केका तिमिल्सिनाले हाल ४५ ओटा मुर्रा भैंसी पालेरै मासिक साढे ७ लाखभन्दा बढी कारोबार गर्दै आएका छन् । उनले साउदीमा रहँदा दुध शुद्धीकरण भण्डार र सप्लाईको बारेमा ज्ञान हासिल गरेका थिए ।  ७ वर्षअगाडि दाजुभाइ गाईपालन नामको फार्मबाट गाईबाट शुरू गरेको भए पनि हाल उनी भैंसीपालनमा लागेका छन् । बजारको समस्या समेत उनलाई छैन । गोठबाट दुध बजार नपुग्दै भाँडा लिएर उनका ग्राहक कुरेर बसेका हुन्छन् ।  उनीसँग हाल २२ ओटा भैंसी दुहुना छन् । उनको फर्मबाट दैनिक १८० लिटर दुध उत्पादन हुने गरेको छ । भैंसी दुधको बजार मूल्य १४० रुपैयाँ पर्ने गरेको छ । यसआधारमा उनले दिनको २५ हजार २०० रुपैयाँको दुध बेच्छन् । मासिक रुपमा हिसाब गर्दा यो रकम ७ लाख ५६ हजार पुग्छ । वार्षिकरूपमा उनले दुधबाट मात्रै ९० लाख रुपैयाँभन्दा बढी कारोबार गर्छन् । दुधसँगै मल विक्रीको रकम जोड्दा उनको कारोबार झण्डै करोड रुपैयाँ पुग्ने गरेको छ ।  उनले मल पनि बेच्दै आएका छन् । मल प्रतिट्याक्टर साढे ४ हजार रुपैयाँमा विक्री हुने गरेको छ । आसपासका ठूला सुन्तला फर्मले उक्त मल किन्ने गरेको उनी बताउँछन् ।  गाईपालनमा राम्रो नाफा हुने भए पनि नेपाली उपभोक्ताले भने भैंसीकै दुध रुचाउने गरेकाले उनी गाईपालनबाट भैंसीपालनतर्फ सिफ्ट भएका हुन् ।   विश्व बैंकद्वारा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान सहयोग, बैंकको ऋण सहयोग र स्वलगानी उपआयोजनासमेत सञ्चालन गरिरहेका छन् उनले । ४५ लाख आयोजनाको र ४५ लाख बैंक र स्वलगानी गरी ९० लाखको उपआयोजना सञ्चालन गरेको उनी बताउँछन् । उपआयोजनासहित झन्डै ३ करोड लगानी गरेका उनको दमौलीमा आफ्नै दुध डेरीसमेत सञ्चालनमा रहेको छ ।   उनलाई श्रीमती, भाइसहित परिवारका ४ जनाले यसमा सघाइरहेका छन् । उनले ४ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।  आयोजनाले तत्काल भुक्तानी नदिँदा भने उनलाई ऋणको किस्ताले समस्या पारेको छ । गत वर्षको असारमै पाउनुपर्ने पहिलो किस्ता उपआयोजनाको काम सकिँदा समेत नपाउँदा मुस्किल भएको उनले बताए ।   पशुमा प्रायः जुका र माटे रोग लाग्ने गरेको उनले बताए । तर, शुरूशुरूमा पशुलाई लाग्ने रोगबारे जानकारी नहुँदा समस्या भएको र अहिले तालिम लिएपछि सहज भएको उनी बताउँछन् । उनले आफ्नो फर्ममा १०० भैंसी पु¥याउने लक्ष्य रहेको बताए ।

कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै पर्वतका दिदिबहिनी

मंसिर १२, पर्वत । पर्वतको जलजला गाउँपालिका-९ बनौका दुई दिदिबहिनी कुखुरापालन व्यावसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दिदिबहिनी यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै ठूलो लगानीमा एकीकृत फार्म सञ्चालनमा ल्याएका हुन् ।  दुवै जनाका श्रीमान अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । महिलाहरुले गएको असोज महीनादेखि गाउँमै रहेको खाली जग्गामा बनौ कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेर प्रसस्त आम्दानी गर्न थालेका हुन् । उनीहरुले रू. २५ लाख रुपैयाँ लगानी गरेर कुखुरा फार्म, बंगुरपालन फार्म र तरकारी खेती गर्दै आएका छन् । यामकुमारीका श्रीमान मनबहादुर गर्बुजा र मनकुमारीका श्रीमान रुद्रबहादुर पुर्जा रोजगारीका लागि कतार गएका छन् ।  कृषि फार्मको क्षमता बढाएर श्रीमानलाई स्वदेश फर्काउने उनीहरुको योजना रहेको छ । अहिले कृषि फार्ममा १ हजार कुखुरा, झण्डै १ दर्जन बंगुर रहेका छन् भने तीन ओटा टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । बनौमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काक्रो, घिरौला, लौका लगायतका तरकारीहरु उत्पादन गरेर विक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको यो गाउँमा यस्ता खालका अन्य फार्महरु छैनन् । एकमात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपजहरु गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले बताइन् । उनका अनुसार गत असोजदेखि शुरु गरिएको फार्मबाट अहिले कुखुरा, बंगुर र तरकारीबाट आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिक रुपमा सोचे अनुरुप आम्दानी हुने गरेको छ ।  श्रीमानहरु लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाएपनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋण गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालक मनकुमारीले बताईन् ।  दुवैजना दिदीबहिनी फार्ममै बस्छन् । बिहान सबेरै उठ्ने एकजनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बंगुरलाई दानापानी दिने र तरकारी बारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर विक्री गर्ने दैनिकी बनेको छ ।  उनीहरुले फार्ममै कुटानी पिसानी मेशिन समेत राखेका छन् । अन्नवाली कुटानी पिसानी गर्न आउनेहरुले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले बताइन् । उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन उनले भनिन् ‘माग पु¥याउन धौ धौ भएको छ ।’ उनले यस वर्ष झण्डै रू. ५ लाख आम्दानी हुने अनुमान गरिएको बताईन् ।   ठूलो धनराशी लगानी गरेर फार्म शुरुवात गरेपनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ । दर्ता गरेर कानूनी रुपमा सञ्चालन गरिएको भएपनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् । वडा अध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको बताए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनले जानकारी दिए ।  सामान्य घरायसी काममा दिन बिताउँदै आएका यामकुमारी र मनकुमारी कृषि फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके कुनै जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रसस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमानहरुलाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमानहरु फर्केपछि व्यावसायको आकार बढाएर फ्रेस हाउस समेत सञ्चालन गर्ने योजना रहेको छ ।  अब श्रीमानहरु लगायत कोही पनि युवा युवतीलाई विदेश नजान सल्लाह दिने उनीहरुले बताए । कृषि फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनिहरुको योजना रहेको छ । दिदीबहिनी मिलेर सञ्चालन गरेको यो फार्म जिल्लाकै नमूना रहेको वडा अध्यक्ष गौबहादुर पुर्जाले बताए ।

शिक्षण पेशासँगै कुखुरापालनमा रमाउँदै मामा–भाञ्जा

जेठ १९, चितवन । विभिन्न पेशासँगै अन्य व्यवसायमा हात हाल्नु नौलो विषय होइन । विभिन्न सरकारी निकाय तथा निजी संस्थामा काम गरेर पनि यसको अतिरिक्त कतिपयले अलग्गै व्यवसाय पनि अंगाल्दै आएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १० का दुई जना शिक्षकले अध्यापनको साथै कुखुरापालन व्यवसाय पनि अंगालेका छन् ।  यी हुन् स्थानीय नगेन्द्रराज पाण्डे र विष्णुबाबु जोशी । उनीहरुले नाताले मामाभान्जा हुन् । उनीहरुले रत्ननगरकै कलेजमा पढाउँछन् । शिक्षण पेसाले आर्थिक अवस्थामा सुधार नआएपछि उनीहरुले रत्ननगर–११ मा व्यावसायीकरुपमा कृषि फार्म शुरू गरेका हुन् । ‘के गर्नु पढाएर मात्र परिवार पाल्न सकिएन । त्यसैले यो व्यवसायलाई सँगै लगेका हौं। उनीहरुले एकै स्वरमा भने’ । उनीहरुको कुखुरापालन गर्ने तरिका अन्य किसानको भन्दा फरक छ । अधिकांश कुखुरापालक किसानले व्यवस्थित खोरसहित कुखुरा पालन गर्दै आएपनि उनीहरुले खुला आकाशमा कुखुरा पाल्न शुरु गरेका हुन् ।  फार्ममा उनीहरुले चारओटा सामान्य प्रकारका खोेर बनाएका छन् । खोर कुखुरा राख्न बनाइएको होइन । खुल्ला चौरमा रमाइरहेका कुखुरालाई पानी पर्दा ओत लाग्न मात्र खोर बनाइएको छ। कुखुरालाई चौरमै दाना हालिन्छ । चोरमै चर्न छाडिन्छ । उनीहरु कलेजको अध्यापनको काम सकिएपछि  पाण्डे र जोशीको आफ्नै नमस्ते एकीकृत कृषि फार्ममा कुखुरा रमाउने गरेका छन् । तारजालीले कम्पाउन्ड गरिएको फार्ममा लोकल र कडकनाथ प्रजातिका कुखुरा रहेका छन् । लोकलमा साकिनी, घाँटीखुइले, उल्टे, लोकल मिक्स प्रजातिका कुखुराहरु व्यावसायीक रुपमा पालिएका छन् । उनीहरुले केही महीना अघिबाट कुखुरापालन शुरू गरेका हुन् । पहिलो लटमा ५०० लोकल र ५०० कडकनाथका चल्ला हालेका उनीहरुले पहिलो आम्दानी लिइसकेका छन् । ‘स्थानीय जातको कुखुरामा माग पनि बढी छ, मूल्य पनि राम्रै छ । पाल्न पनि सजिलो लाग्यो ।’ कृषक नगेन्द्रराज पाण्डे भन्छन् ।   एक बिघा जग्गा भाडामा लिएर शुरू गरेको एकीकृत कृषि फार्ममा अहिले लोकल र कडकनाथ गरी एक हजार ५०० कुखुरा रहेका छन् । लोकल र कडकनाथ जातका कुखुरा ५ महीनामा खानका लागि तयार हुन्छ  । पाँच महीनाको अवधिमा एउटा कुखुरा भाले २ किलो र पोथी डेढ किलो हुन्छ ।  लोकल भाले प्रतिकिलो ७००, पोथी ६००, कडकनाथ प्रतिगोटा २ हजार ५०० रूपैयाँमा विक्री हुँदै आएको छ । हाल बजारको समस्या नभएको भन्दै फार्मबाटै कुखुरा विक्री हुने गरेको जोशीले बताए । ‘फोनमार्फत नै कुखुराको माग हुने गरेको छ’, उनले भने, ‘अधिकांश मान्छेहरु फार्ममै कुखुरा लिन आउँछन् ।’ यी दुई प्रजातिको कुखुरा विक्रीका लागि बजारीकरणको समस्या नहुने जोशीको अनुभव छ । यसका लागि शुरुमा २० लाख लगानीबाट शुरु गरिएको र विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।  ‘यी जातको कुखुरामा रोगको संक्रमण पनि कम हुने र दाना, औषधी पनि त्यति खर्च हुदैन ।’ अर्का कृषक पाण्डेले भने । मासिक तलब बुझेको पैसाले गुजारा चले पनि आर्थिक उन्नति नहुने भएकोले यसतर्फ आफ्नो आकर्षण रहेको उनीहरुको भनाइ छ । कुखुरासँगै फार्ममा बाख्रापालन, कालिज र लौकट व्यवसायिक रुपमा पाल्ने योजना रहेको पाण्डेले बताए । कृषि फार्म शुरू गरे पनि पाण्डे र जोशीले शिक्षण पेसा भने छाडेका छैनन् । बिहान कलेज पढाउने र अधिकांश समय कुखुरापालनमा खर्चिने गरेका छन् ।

भैंसीपालनमा रमाएका रामप्रसाद, मासिक कमाउँछन् एक लाख

सर्लाही : बरहथवा नगरपालिका–३ हजरिया कोइरी टोलका रामप्रसाद महतोले दुई वर्षअघि भैंसी पालन सुरु गरे। आठवटा भैंसी पालेर व्यवसाय सुरु गरेका उनको फार्ममा अहिले सानाठूला गरी ३९ वटा छन्। तीमध्ये १७ वटाले दुध दिइरहेका छन्।१०० वटा भैंसी पाल्ने योजनाका साथ व्यवसाय थालेका महतोले अहिले मनग्य आम्दानी गरिरहेका छन्। दैनिक करिब १०० लिटर दुध बेच्छन्। प्रतिलिटर ६० रुपैयाँले डेरीलाई दुध बिक्री गरेको उनले बताए। ‘बजारको समस्या छैन,’ उनले भने, ‘गाउँघरमै सञ्चालन भएका डेरीले जति भए पनि दुध घरबाटै