काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।मंगलबार ११२ औँ अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरूका लागि संविधानले दिएको सबै खाले हक तथा अधिकार सुनिश्चित गर्न सम्बद्ध पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। संविधानले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम