प्रदेश नम्बर २ लोसपा विवाद टुँग्गिएन, असन्तुष्ट नेताहरुको माग अध्यक्ष ठाकुरले अस्विकार गरे

काठमाडौं, १४ पुष । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर २ को विवाद झनै चर्किएको छ । अध्यक्ष ठाकुर पक्षले एकलौटी ढंगले जिल्ला अध्यक्ष र प्रदेश प्रमुख तोकेको भन्दै असन्तुष्ट नेताहरुले पार्टी कार्यालयमा धर्ना दिएका थिए । उनीहरु आज अध्यक्ष ठाकुरसँग वार्ता गर्नपनि गएका थिए । तर, आफूहरुको मागप्रति ठाकुरले कुनै सकारात्मक […]

सम्बन्धित सामग्री

लोसपाद्वारा प्रदेश सभा अवरुद्ध

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का प्रदेश सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । प्रदेश सभामा प्रदेश नम्बर २ सरकारकोतर्फबाट समाजिक विकासमन्त्री नवल किशोर साहले अध्यादेश प्रस्तुत गर्न खोजेपछि लोसपाका सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका हुन् ।

मुख्यमन्त्रीले अध्यादेशबाट सरकार चलाउन खोजेका नेता सोनलको आरोप

प्रदेश नम्बर २ का प्रमुख प्रतिपक्षी दल लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतले अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता सोनलले मुलुकमा विश्वविद्यालयहरू खोल्नु आपत्तिको विषय नरहे पनि सरकारको दोहोरो चरित्रले गर्दा अध्यादेशबाट सरकार चलाउन खोजेको आरोप लगाए ।उनले हाउसको अधिकारलाई वञ्चित गर्दै ल्याइएको अध्यादेशप्रति असहमति समेत जनाए । उनले अध्यादेश फिर्ता लिन माग गर्दै त्यसलाई विधेयकको रुपमा प्रस्तुत गरि प्रक्रिया अन

प्रदेश २ का मुख्यमन्त्रीले पाए २ तिहाई मत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि बुधबार विश्वासको मत लिएका मुख्यमन्त्री राउतले २ तिहाई समर्थन पाएका हुन् ।प्रदेशसभामा भएको मतदानमा राउतले ७७ मत पाए । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को २ तिहाइ हो ।राउतलाई जसपासँगै सरकारमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रसहित केन्द्रमा बनेको ५ दलीय गठबन्धनका सांसदहरुले मत दिएका छन् ।उनको विपक्षमा २३ मत परेको छ । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।

जितेन्द्र सोनल भए प्रदेश २ मा लोसपा संसदीय दलको नेता

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रदेश नम्बर २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

प्रदेश २ मा लोसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ। संसदीय दलको विधान पारित गरेर नेता चयन गर्न बैठक बोलाइएको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए। तत्कालीन जनता समाजवादी पार्टी विभाजित भएर गठन भएको लोसपा संसदीय दलको यो पहिलो बैठक हो। जनकपुरस्थित होटेल सिटी स्टारमा आज (आइतबार) दिउँसो […]

प्रदेश सांसद सोनलले रोजे लोसपा

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् । पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै रहेका छन् । त्यस्तै सभामुख सरोज कुमार यादवल

प्रदेश- २ मा गिरी र झासहित जसपाका दर्जन सांसद्ले राेजे लोसपा

जनकपुरधाम – प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का थप दुई सांसद् लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)मा खुलेका छन् । प्रदेश २ का सांसद् प्रह्लाद गिरी र डिम्पल झाले बिहीबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् । गिरी उपेन्द्र यादव नेतृत्वको त…

प्रदेश- २ मा गिरी र झासहित जसपाका दर्जन सांसद्ले राेजे लोसपा

जनकपुरधाम – प्रदेश नम्बर २ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का थप दुई सांसद् लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)मा खुलेका छन् । प्रदेश २ का सांसद् प्रह्लाद गिरी र डिम्पल झाले बिहीबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् । गिरी उपेन्द्र यादव नेतृत्वको त…

सांसद तथा जनप्रतिनिधि तानातान गर्न जसपा र लोसपाका शीर्ष नेताहरु जनकपुरमा

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनपछि प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न यही भदौ २२ गतेसम्मको समय दिइएपछि अहिले दुबै दलका शीर्ष नेताहरु प्रदेश नम्बर २ को राजधानी जनकपुरमा केन्द्रित भएका छन् । यी दुबै पार्टीको मूख्य आधार भूमि प्रदेश नम्बर २ भएकाले दुबै दलहरु निर्वाचित जनप्रतिनिधिलाई […]

प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका