पर्वत : तीन जना बालकलाई प्रलोभन र त्रासमा पारेर यौनजन्य गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शुवास हमालका अनुसार विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुर गरेको आरोपमा ४४ वर्षीय क्यानेडियन नागरिक रोबर्ट किनक्लेलाई पोखरा महानगरपालिका–६ लेकसाईडबाट आइतबार नियन्त्रणमा लिइएको हो।रोबर्टले लेकसाइडमा बसेर नाबालकहरूलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी