हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार ‘जीवित देवी’को रुपमा पुजिने कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्रा पर्वअनुसार लिंगो ठड्याएको भोलिपल्ट कुमारीको पूजा गर्न परम्परा रहेको छ । जसअनुसार बुधबार वसन्तपुरमा इन्द्र जात्राको लिंगो ठड्याइएको थियो भने बिहीबार वसन्तपुरमै ५४ जना कुमारीको पूजा गरिएको हो । यसवर्ष इन्द्रजात्राको अन्तिम दिन शुक्रबार परेको छ । यसदिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।