नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा रहेको नागरिकताको समस्या गठबन्धन सरकारले समाधान गर्ने बताएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारका लागि मत माग्न रौतहट पुगेका प्रचण्डले जेठ ३ गते संसद् सुचारु भएपछि संसद् अवरोधकै बीच भएपनि नागरिकताको समस्या समाधान गर्ने बताए ।उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न माओवादी केन्द्रका उमेदवारहरूलाई विजयी गराउन आग्रह गरे । प्रचण्डले निर्वाचन लगत्तै दुर्गा