सातदोबाटो र जावलाखेल विजयी हुँदा आर्मी र सङ्कटाले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबातोस्थित च्यासल रङ्गशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । यता एनआरटीका लागि भने निकोलस सङले एक गोल फर्काए । खेलको ४५औँ मिनेटमा दीपकले …